सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको ‘हार्ट अट्याक’का कारण मृत्यु

काठमाडौँ– सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको ‘हार्ट अट्याक’का कारण मृत्यु भएको छ। उनको गएराति मृत्यु भएको हो।

काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा उनलाई गएराति हार्ट अट्याक भएको थियो। उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो। तर लानेबित्तिक चिकित्सकले मृत घोषणा गरे।

विदेशमा रहेका छोरा आईपछि उनको आइतबार मात्रै अन्तिम संस्कार गरिने भाइ गजेन्द्रले जानकारी दिए। ०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्। छोराछोरी अमेरिका बस्छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट