उर्लाबारीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका–३, मङ्गलवारेमा यात्रु बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

पश्चिम पथरीबाट पूर्व उर्लाबारीतर्फ आउँदै गरेको प्र १–०१–००१ख ४१३६ नम्बरको यात्रु बसले उर्लाबारी–३ को बक्राहा पुल छेउमा साईकल यात्री उर्लाबारी–४ का ६६ वर्षीय निरबहादुर लिम्बुलाई ठक्कर दिएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। बसका चालक झापाको हल्दिबारी गाउँपालिका– ३ का ३० वर्षीय पदम गौतमलाई नियन्त्रणमा लिएको छ।

मृतकका आफन्त र परिवारले क्षतीपूर्ति र कारवाहीको माग गर्दै केही वेर सडक समेत अवरुद्ध गरेका थिए। उनीहरूको माग पुरा गर्ने सहमति भएपछि सडक सञ्चालनमा आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट