प्रचण्डका जनयुद्धकालिन सहयोद्धा मोहन वैद्य अस्पताल भर्ना
काठमाडौँ– श्वासप्रश्वासमा समस्या भएपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। उनलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।
७८ वर्षका वैद्यलाई बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकै वेला स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसै बेला उनलाई अस्पताल लगिएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका जनयुद्धकालिन सहयोद्धा वैद्यलाई चिकित्सकले भर्ना गरेरै उपचार गर्नुपर्ने बताएपछि अस्पतालमै राखिएको हो।
बैद्य गत वर्ष पनि त्रिवि शिक्षण अस्पतालमा करिब एक साता भर्ना भएका थिए।
प्रतिक्रिया