‘मेरो एक्सिडेन्टमा मृत्यु होस्’ भन्दै टिकटक बनाएको दोस्रो दिनमै मोटरसाईकल दुर्घटनामा जनस्वास्थ्य निरिक्षकको मृत्यु
काठमाडौँ– बाजुराको बढीमालिका नगरपालिका–७, चुथीस्थित स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ३० वर्षीय धर्म खत्रीले २ दिनअघि टिकटकमा एउटा भीडीओ पोष्ट गरे। आफुसहित दुई जना सवार मोटरसाईकल चलिरहेको भीडीओको अडीओमा मृत्युको कामना गरिएको थियो।
अडीओमा भनिएको छ ‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिन। तब तिमीलाई मेरो मायाको आभास हुुनेछ।’
संयोग पनि कस्तो ? त्यो भीडीओ पोष्ट गरेको दोस्रो दिनमै विहिबार मोटरसाईकल दुर्घटनामा परेर खत्रीको मृत्यु भएको छ। अडीओमा भनेका सवै कुरा त मिले÷मिलेनन् ? तर, ‘दुर्घटनामा परेर अस्पतालमा मृत्यु होस’ भनेको कुरा चाहीँ ठ्क्याकै मिलेको छ।
धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै बिहीबार साँझ साढे ६ बजे दुइटा मोटरसाइल आपसमा ठोक्किँदा बाजुराको बढीमालिका नगरपालिका–७ मै घर भएका खत्रीको मृत्यु भएको हो। उनी तालिममा सहभागी हुन धनगढीमा जाँदै थिए।
अतरियाबाट धनगढी जाँँदै गरेको उनी सवार सुदुरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइललाई डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुदुरपश्चिम प्रदेश ०१–०१२प७११ नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो।
खत्री सवार मोटरसाईकल भने धनगढी–५ का २५ वर्षीय पुरन शाहले चलाएका थिए। दुर्घटनामा खत्री र चालक शाह दुवै घाईते थिए। शाहको उनको पेट र मुखमा चोट लागेको छ। टाउकोमा चोट लागेका खत्रीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका क्रममा साँझ करिव ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि दुवै मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।
यस्तो छ दुई दिनअघि धर्म खत्रीले बनाएको टिकटक
@dharmkhatri75 सफल नभएसम्म आन्दोलन गरिरहने छु, आफसंग आफ्नो भाग्यसंग अनि प्रत्येक मोडमा आफ्नो गन्तब्य बदलि रहने यो समय संग।।#trending #fyp #foryoupage #nepalitiktok @𝐃𝐡𝐚𝐫𝐦𝐚 𝐊𝐡𝐚𝐭𝐫𝐢👨⚕️ @🕉bindey🌼❤️ @ragavkhatri245 @Bhim Khatri🇳🇵🇪🇺🇭🇷 @Qûëên👑🕊️❤️🩹