भारतीय पूर्वप्रधानमन्त्री एवम् कंग्रेस आईका दिग्गज नेता मनमोहन सिंहको निधन
काठमाडौँ– भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा विहिबार राति निधन भएको छ। कांग्रेस आईका दिग्गज नेताका रुपमा परिचित सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए।
दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५१ मिनेटमा सिंहको निधन भएको हो। अस्पतालले जनाए अनुसार सिंह बिहीबार घरमा अचानक बेहोस भएका थिए। बेलुका ८ बजेर ६ मिनेटमा उनलाई अस्पतालको मेडिकल इमर्जेन्सीमा पुर्याईएको थियो।
सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ।
प्रतिक्रिया