गुल्मीमा सडक छेउमा पल्टियो स्कुटर, अढाई सय मिटर तल खसेर २ जनाको मृत्यु
काठमाडौँ– गुल्मीको चन्द्रकोट गाउँपालिका –७, सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा चन्द्रकोट–६, झापकका ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलका अनुसार सडक छेउमा पल्टिरहेको स्कुटरदेखेपछि स्थानीयले चासो गरेका थिए। स्कुटर छेउमा पुगेर हेर्दा बाट बाटोदेखि करिव २५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष तैरिरहेका थिए।
त्यसपछि उनीहरुले नै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले दुवैको उद्धार गरी उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी पठाएको थियो। स्वास्थ्य केन्द्र पुर्याउनासाथ उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भुजेलले बताए।
प्रतिक्रिया