पोर्न फिल्म देखाएर वहिनीमाथि बलात्कारः घट्ना खुल्ने डरले घाँटी थिचेर हत्या, लो–बेडभित्र शव
काठमाडौँ– काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा एक साताअघि कोठामै मृत फेला परेकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको खुलासा भएको छ। बलात्कार र हत्या आरोपी किशोरीकै आफन्त हुन।
धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ गत ३ पुसमा चन्द्रागिरी नगरपालिका–१० स्थित विरेन्द्र श्रेष्ठको घरमा मृत फेला परेकी थिईन। शव फेला परेको कोठा उनकै डेरा हो। उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन्।
धादिङकै गजुरी गाउँपालिका–३ घर भई काठमाडौँ–१४ स्थित खड्कागाउँमा बस्ने नाताले दाजु पर्ने २४ वर्षीय विश्वास तामाङले सरिताको बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। विश्वास काठमाडौँमा बसेर ज्याला मजदुरी गर्थे। यौनप्रति ‘लिप्त’ रहेका विश्वासकी पत्नि भने कुवेतमा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले जनाएका छन्।
प्रहरीको अनुशन्धानमा खुले अनुसार विश्वास किशोरीको डेरामा गईरहन्थे। २८ मंसिरको साँझ करिव ६ बजे उनी सरिताको डेरामा पुगेका थिए। विश्वास पुगेपछि कोठामा एक्लै रहेकी सरिताले उनीसँग इन्टरनेट चलाउन पर्सनल हटस्पट मागिन। मोबाइल डाटा प्रयोग गरेर उनले हटस्पट सेयर गरे। अनि, पोर्न फिल्म देखाएर यौन सम्वन्ध राख्न खोजे।
किशोरीले ‘मान्छेले थाहा पाउँछन्’ भनेपछि उनले ‘औषधी किनिदिन्छु’ भनेर आश्वस्त पार्न खोजेका थिए। तर, पनि किशोरी तयार नभएपछि उनले बलात्कार गरे। पोर्न फिल्म देखाएर किशोरीलाई बलात्कार गरेको कुरा विश्वासले प्रहरी समक्ष स्विकार पनि गरेका छन्।
बलात्कार गरी सकेपछि घटना बाहिरिने डरले उनले घाँटी थिचेर किशोरी हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ। किशोरीले प्रतिकार गर्ने क्रममा विश्वासको घाँटीमा चिथोरिएको दाग समेत लागेको छ। हत्यापछि शव लो–वेड (खाट)मुनि लुकाएर कोठबाट वाहिरएका उनले ढोकामा ताला लगाई जुत्तामुनि साँचो राखेर हिँडेका थिए।
घट्नाको दुई दिनपछि किशोरीका दाजु कोठामा पुगेका थिए। उनले बहिनी नदेखेपछि खोजतलासको माग गर्दै प्रहरीमा निवेदन दिए। २९ मंसिरको राति १२ बजेदेखि वहिनी सम्पर्कविहिन भएको भन्दै दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएपछि खोजतलास सुरु भएको थियो।
खोजी गर्ने क्रममा ३ पुसको दिउँसो करिव ३ बजे उनको शव फेला परेको थियो। कोठाभित्र गन्ध आएपछि खोलेर हेर्दा सरिता मृत अवस्थामा फेला परेकी थिइन्। हत्यापछि विश्वासले किशोरीको फोन बोकेर गएका थिए। सोही फोनका कारण जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शव भेटिएको करिब दुई घण्टापछि नै विश्वासलाई कोठाबाटै पक्राउ गरेको थियो।
यो पनि,
नाताभित्रकी किशोरीको हत्या गरी लो–बेडमा शव लुकाएर फरार भएका युवक पक्राउ