रवि लामिछानेलाई सायरी मार्फत पूर्वमन्त्रि उमेश यादवको दनकः ‘मुजरा’ बनेको आरोप
राजविराज– नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री उमेशकुमार यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रकरणमा पहिलो पटक मुख खोलेका छन्।
पूर्वमन्त्री यादवले लामिछानेलाई ‘विकृत राजनीति सफा गर्ने लोकप्रिय नारा दिएर उदाएको तर विकृतीमै रमाएको नेता’का रुपमा चित्रण गरेका छन्। यादवले एउटा सायरी मार्फत लामिछानेको आलोचना यसरी गरेका छन्ः
‘ये उजाडने आएथे तवायफोके कोठे, सिक्केके खनकसे खुद मुजरा बन बैठे’
सायरी पछि यादवले लामिछानेको वचाउन पनि गरेका छन। उनले रवि लामिछाप्रति नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु अलिक पुर्वाग्रही भएको आरोप लगाए। ‘यदि पूर्वाग्रह नभए देशका अन्य भ्रष्टाचारका विषय किन उठान भएनन ? भ्रष्टाचारमा संलग्न एमाले–कांग्रेसका नेता किन पक्राउ पर्दैनन् ?’ भन्दै उनले प्रश्न गरे।
यस्तो छ लामिछाने प्रकरणमा पूर्वमन्त्रि यादवको भनाई