कलेजोको क्यान्सरबाट सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष महतोमो मृत्यु
जनकपुर– कलेजोको क्यान्सरसँग जुधिरहेका सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको मृत्यु भएको छ। भवानीपुर निवासी ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो।
०७२ र ०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका महतो ०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए।
महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली काँग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए। वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ।
प्रतिक्रिया