पाकिस्तानको हवाई आक्रमणमा अफगानिस्तानमा ४६ जनाको मृत्यु

काठमाडौँ– पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानमा ४६ जनाको मृत्यु भएको छ। तालिबान सरकारका अनुसार अफगानिस्तानको पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको हो।

तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्ने बरमल जिल्लामा भएको आक्रमणमा मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका छन्।

तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो। आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ।

तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट