रोकिराखेको टाटा सुमो ब्याक भएर दुर्घटना हुँदा घाईते भएका राईको मृत्यु
खोटाङ– खोटाङमा रोकिराखेको टाटा सुमो आफै ब्याक भएर दुर्घटना हुँदा घाईते भएका ब्यक्तिको मृत्यु भएको छ।
खोटाङकै केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौंबाट फेदी आउँदै गरेको ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी–३ बास्पानीको राँटीमा बुधबार दिउँसो तीन बजे दुर्घटना भएको थियो।
गाडी राखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा गाडीभित्र भएका राई घाइते भएका थिए। उनको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा राति ८ मृत्यु भएको हो।
डीएसपी प्रतिक विष्टका अनुसार दुर्घटनाको बेला चालक ऐँसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय सत्रुधन राई गाडी बाहिरै थिए।
प्रतिक्रिया