खोटाङमा रोकिराखेको सुमो ब्याक भएर २ सय मिटर तल खस्दा १ जना घाईते

दिक्तेल– काठमाडौंबाट खोटाङको फेदी आउँदै गरेको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको छ।

ना १ ज ७१८१ नम्बरको टाटा सुमो बुधबार दिउँसो करिव ३ बजे दुर्घटना भएको हो। सुमो रोकिराखेको ठाउँबाट ब्याक भएर करिब २ सय मिटर तल खसेको थियो।

दुर्घटनामा केपिलासगढी–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राई घाइते भएका छन्। उनको बास्पानीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

डीएसपी प्रतिक विष्टका अनुसार दुर्घटना हुँदा चालक ऐँसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय सत्रुधन राई गाडी बाहिरै थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट