कजाकस्तानमा विमान दुर्घटना हुँदा ४२ जनाको मृत्यु, २५ जनाको जीवितै उद्धार
काठमाडौँ– बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको एउटा विमान बुधबार कजाकस्तानको अक्ताउ सहरमा दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ।
६२ यात्रु र ५ जना चालक दलका सदस्य गरी ६७ जना सवार विमानका २५ जनाको भने जीवितै उद्धार गरिएको छ। कजाकस्तानको आपतकालीन मन्त्रालयले २५ जना यात्रुहरूको जीवितै उद्धार गरी २२ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार दुर्घटनामा परेको विमान अजरबैजान एयरलाइन्सको हो। बाक्लो हुस्सुका कारण विमानको रुट परिवर्तन गरी उक्ताउ शहरमा अवतरण गराईएको थियो। एम्ब्रेयर १९० विमान अवतरण गर्ने क्रममा आगो लागेको जनाईएको छ।
प्रतिक्रिया