बारामा कारभित्र मृत फेला परेका प्रहरी कर्मचारीको टाउकोमा गोली भेटियो, कसले गर्यो हत्या ?

जनकपुर– बाराको सिमरामा शनिवार कारभित्र मृत फेला परेका प्रहरी कर्मचारी (कार्यालय सहयोगी) राजकुमार रुम्बाको टाउकोमा गोली भेटिएको छ।

पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोमा गोली भेटिएको प्रहरीले जनाएको छ। सिमरा विमानस्थलमा कार्यरत रुम्बा गत शनिबार बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत फेला परेका थिए।

उक्त कार राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको खुलेको छ। उनी तिवारीसँग कार मागेर हिँडेका थिए। सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको सोही कारभित्र उनी मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र कुमार खड्काले रुम्बाको गोली हानेर हत्या गरिएको पुष्टि भएको बताए। तर कसले र किन हत्या ग¥यो भन्ने खुलेको छैन। घट्नाको विभिन्न पाटोबाट अनुसन्धान भईरहेको एसपी खड्काले जानकारी दिए।

मृतक रुम्बाको मोबाइलको कल डिटेल र लोकेशन हेरेर प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट