रवि र निकिताको विवाहका लागि ऋण दिने सहकारीका तत्कालिन अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र निकिता पौडेललाई विवाहका लागि ऋण दिने काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीका तक्कालिन अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्।

प्रहरीले सहकारीका पूर्वअध्यक्ष भरत जंगम र पूर्वकोषाध्यक्ष लुमन दाहाललाई पक्राउ गरेको छ। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलसमेत पहिले उपाध्यक्ष थिइन्। निकिता ०७५ सालदेखि ०७९ सालसम्म उपाध्यक्षमा थिईन। उनले सहकारीबाट आफुले ०७७ सालमै राजिनामा दिएको दावी गरेकी छिन्। तर, उनको राजिनामा ०८० मा मात्रै स्विकृत भएको देखिन्छ।

सहकारीको ४ करोड वढि रकम अपचलन भएको विषय सतहमा आएपछि काठमाडौँ महानगरपालिकाले छानविन गरेको थियो। जसमा निकिता पौडेलसमेतले सहकारी ऐन विपरित ५० लाख ऋण लिएको खुलेको छ। सहकारी ऐनले सम्बन्धित संस्थाको सदस्य भई रकम बचत गर्ने व्यक्तिबाहेक अरुलाई ऋण दिन रोकेको छ।

तर, निकिताले विना वचत र विना धितो ऋण लिएको पाइएको छानविनमा खुलेको छ। निकिताले (०७७ सालमा) रविसँग विवाह गर्ने बेलामा सहकारीबाट ऋण लिएको संस्थाका एक सञ्चालकले बताए। स्रोतका अनुसार गृहमन्त्री लामिछानेसँग मित्रता रहेका संस्थाका तत्कालीन अध्यक्ष जंगमले उक्त ऋण दिन सहयोग गरेका थिए।

त्यो ऋण रास्वपाबाट समानुपातिक सांसद भएर कारवाहीमा परेका डा. ढाकाकुमार श्रेष्ठमार्फत् साँवा–ब्याजसहित करिब ७५ लाख सहकारीलाई फिर्ता गरिएको छ। निकिता र रविले विवाह गरे। ढाकाकुमार सांसद वने। त्यस वेला पैसा तिर्न सहयोग गरेवापत ढाकाकुमार सांसद भएको चर्चा चलेको थियो।

यो पनि,

सहकारी ठगी प्रकरणमा रविपत्नी निकिता पनि अनुशन्धानमा तानिने यस्तो छ सम्भावना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट