कारभित्र मृत भेटिएका ब्यक्ति प्रहरी कर्मचारी भएको खुलासा, गाडी अनुसन्धान विभागका इन्सपेक्टरको

जनकपुर– बाराको जितपुर सिमरा उपमहानगरपालिकामा कारभित्र मृत फेला परेका ब्यक्ति प्रहरीकै कर्मचारी भएको खुलेको छ। मृतक जितपुर सिमरा उपमहानगरपालिका–१ कै राजकुमार रुम्बा हुन।

शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका –११ स्थित सडकको छेउमा रोकिराखेको बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारमा उनको शव फेला परेको थियो।

मृतक रुम्बा प्रहरीकै कार्यालय सहयोगी (परिचर) भएको बाराका एसपी महेन्द्र खड्काले बताए। उनी सिमरास्थित विमानस्थलमा कार्यरत थिए। अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र उनको शव फेला परेको थियो।

मृतकको टाउको पछाडि चोट भएकाले हत्याको आशंका गरिएको छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्तन कुकुर मगाइएको छ। कार भने राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीको भएको खुलेको छ।

रुम्बाले श्रीकान्तसँग ‘काम पर्याे’ भनेर कार लिएर गएको खुलेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट