बाजुरामा ५.२ म्याग्नेच्युडको भूकम्प भएपछि स्थानीयको भागाभाग, सञ्चार सम्पर्क टुट्यो
काठमाडौँ– बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४ः१४ बजे भूकम्प भएको छ। ाष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ।
भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका थिए। जगगन्नाथ गाउँपालिका–५ का वडाध्यक्ष गौरी सार्कीका अनुसार भूकम्पले मानवीय क्षति भएको जानकारी आएको छैन। तर, केही घरहरू चर्किएको र भत्किएको भन्ने खबर आएको छ।
भूकम्पकै कारण सञ्चार सम्पर्क टुटेको उनले जानकारी दिए। फोनमा नेटवर्क छैन। त्यसले सबैतिरको अवस्थाका बारेमा जानकारी लिन अप्ठ्यारो भइरहेको जनप्रतिनिधिहरुले बताएका छन्।
प्रतिक्रिया