एनपीएलको फाईनलमा जनकपुर र सुदुरपश्चिमः दुई पटकको हारको वद्ला लिने दाउमा जनकपुर

काठमाडौँ– कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्स एनपीएलको फाईनलमा पुगेको छ। यो जितसँगै जनकपुरले फाईनलमा सुदूरपश्चिमसँग भिड्नु पर्नेछ।

बिहीबार भएको क्वालिफायर टु मा जनकपुरले कर्णालीलाई हराएको हो। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको थियो। आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाएर जीमी नीशम जनकपुरका लागि नाकय बने। कर्णाली याक्सका युवा स्पीनर विपिन प्रसाद शर्माले ३ विकेट लिएका थिए।

यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिम जनकपुरलाई नै हराएर फाइनलमा पुगेको छ। लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुवै टिम फाइनलमा एकअर्काका लागि पराजयको कामना गर्ने ठाउँमा पुगेका छन्।

यसअघि यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। लिग र प्लेअफमा दुई पटक प्रतिस्पर्धा हुँदा दुवै पटक जनकपुरले पराजय हात पारेको छ। तेस्रो भेटमा दुई पटकको हारको वद्ला लिने तयारीमा जनकपुर देखिएको छ भने सुदूरपश्चिम भने जनकपुरलाई तेस्रो हारको स्वाद चखाउने दाउमा छ।

जनकपुर र सुदूरपश्चिमले लिग चरणमा ७÷७ खेल खेले। जसमा जनकपुरले ५ र सुदुरपश्चिमले ६ खेल जितेका थिए। सुदुरपश्चिम चितवन राइनोजसँग पराजित भएको थियो भने जनकपुर लिग चरणमा चितवन र सुदूरपश्चिमसँग हारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट