मनाङको नेस्याङ आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– मनाङको नेस्याङ आसपास केन्द्रविन्दु भएर आज विहान ४.७ म्याग्निच्युडको भूकम्प भएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा भुकम्प भएको जनाएको छ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प भएको थियो। बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको र मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प भएको थियो।

मंगलबार दिउँसो १ बजेर २ मिनेटमा पनि बझाङको रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प भएको थियो। भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ। पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको ठानिन्छ।

नेपालमा १७ कात्तिक ०८० मा जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो भने १२ वैशाख ०७२ मा गोरखाको बारपाक केन्द्र भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट