इण्डियन नेवीको स्पिड बोट अर्को डुंगासँग ठोक्किएर दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौँ– भारतमा इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले अर्को डुंगालाई ठक्कर दिँदा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगालाई नेवीको स्पिड बोटले ठक्कर दिएको थियो। मुख्यमन्त्री देवेन्द्र फडणविसले घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन्। १०१ जनालाई उद्धार गरिएको छ। मृतकका परिवारलाई राज्य सरकारले ५÷५ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो।

एक महिना भित्र इण्डियन नेवीको डुंगा दुर्घटना भएको यो दोस्रोपटक हो। अघिल्लो पटकको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट