घरेलु कामदार बालिकालाई बलात्कार गरेको आरोप लागेका पूर्वमेयरलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

दमक– घरेलु कामदार बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई अदालतले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

यस अघि प्रहरीले अनुशन्धानका लागि पाएको ५ दिनको म्याद सकिएपछि उनलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराईएको थियो। प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि अदालतले ७ दिनको म्याद दिएको स्रेस्तेदार किरण सिंहले जानकारी दिए।

यसअघि अदालतले पहिलो पटक ४ र दोस्रो पटक ५ दिनको म्याद दिएको थियो। सिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले २५ मंसिरमा पक्राउ गरेको हो।

उनीमाथि हाल १६ वर्षकी बालिकामाथि वर्षौदेखि बलात्कार गर्दै आएको आरोप छ। बलात्कारबाट आजित भएर भागेर भारत पस्दै गरेकी बालिकालाई शंकास्पद रुपमा आफन्त नेपालका प्रतिनिधिले रोकेका थिए।

स्कुल ड्रेसमै रहेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले सोधपुछ गर्दा शिवाकोटीको कर्तुत वाहिरिएको थियो। लगत्तै उनी पक्राउ परेका हुन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट