परिवार लिएर छुट्टी मनाउन निस्किएका रामकुमारको छोरीसहित मृत्यु, एक्लो छोरो वितेपछि वृद्धा आमा विछिप्त

राजविराज– बर्दियाको गुलेरिया नगरपालिका–४, पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा स्कुटर दुर्घटनामा पर्ने साह परिवार सप्तरीको रुपनी गाउँपालिका १ बाट गएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाकाका अनुसार दुर्घटनामा परी स्कुटर चालक गुलेरिया– ६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्याको मृत्यु भएको छ। स्कुटरमा सवार साहकी श्रीमती ३२ वर्षीया रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते छन्।

डीएसपी ऋषिराम घर्तीका अनुसार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो। दुर्घटनामा चारै जना घाईते भएका थिए।

बाबुछोरीको बर्दिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रुवी र प्रिन्सको उपचार सोही अस्पतालमा भईरहेको छ। छोराको अवस्था सामान्य छ। रुवी भने श्रीमान र छोरी गुमाएको थाहा पाएपछि अचेत छिन्।

मास्टर डिग्री गरेका साह एक दशकदेखि वर्दियामा वसेर स्वास्थ्यसम्बन्धी काम गर्ने आड्रा नेपाल नामक गैरसरकारी संस्थामा काम गर्दै आएका थिए। आईतबार उधौली पर्वको बिदाको दिन उनी परिवारसहित घुम्न निस्किएको खुलेको छ।

छोराछोरी स्कुटरको अगाडि राखेर पछाडि बसेका साहले बाटो नदेखेर सन्तुलन गुमाई ट्क्याक्टरमा ठोक्काएको जस्तो देखिएको प्रहरीले जनाएको छ।

रामुकमारका बुबा बैद्यनाथको ७ बर्ष अगाडि नै मृत्यु भएको थियो। एक्लो छोराको मृत्यु भएपछि ७५ वर्षीया वृद्धा आमा विछिप्त छिन्। अविवाहित एक वहिनीलाई दाजु वितेको विश्वासै लागेको छैन। उनी अचेत अवस्थामा छिन्। रामकुमारको मृत्युको खबरले रुपनी गाउँ शोकमा छ।

स्थानीय राजु जैशवालका अनुसार उनी तुलसी उद्यापनका लागि केही दिनअघि मात्रै घर आएर काममा फर्किएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट