‘मेरा कारण श्रीमान् र छोराहरूले दुःख पाए’ भन्दै कमलाले ज्यान फालिन्, बालखै छोराहरूको बिचल्ली

काठमाडौंँ– शनिवार दिउँसो करिव १२ बजे बा ३५ प ५८१८ नम्बरको स्कुटरमा एक जना महिला काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोकमा पुग्छिन्।

चौक नजिकको बागमती नदी किनारमा रहेको खाली जग्गामा स्कुटर रोक्छिन्। स्कुटरमै राखेको मिनरल वाटरको वोतलमा ल्याएको पेट्रोल शरीरमा छर्किन्छिन् र आफनै शरीरमा आगो लगाउँछिन्।

यो सवै घट्नाक्रम हेरिरहेका स्थानीयले उनलाई जोगाउँने प्रसार गर्छन। पानी छर्किन्छन् र आगो निभाउँछन्। घट्नाको बारेमा प्रहरीले जानकारी पाउँछ र गम्भिर घाईते तथा बोल्नै नसक्ने अवस्थामा उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल पठाउँछ।

त्यति वेलासम्म ती महिला को हुन भन्नेसम्म खुल्दैन। तर, प्रहरीले अनुशन्धान थालेपछि आत्मदाहको प्रयास गर्ने ती महिला चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटारमा डेरा गरेर बस्ने ३८ वर्षीया कमला आचार्य रहेको खुल्छ।

उपचारकै क्रममा आज बिहान पौने ६ बजे उनको मृत्यु भएको छ। प्रहरीका अनुसार १२ बजे पेट्रोल छर्केर आगो लगाएकी कमला र उनका श्रीमान्बीच ११ बजेटर १२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ। त्यसमा पनि उनले अरूलाई कुनै दोष लगाएकी छैनन्।

मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन्। केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिकारको सदस्यहरूले प्रहरीलाई बताएका छन्। प्रहरीले घट्नास्थलबाट कमलाको ‘सुसाइड नोट’ पनि फेला पारेको छ। जसमा आत्मदाहका पछाडि कसैलाई दोष दिईएको छैन।

आफ्ना कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उनले सुसाईड नोटमा उल्लेख गरेकी छिन्। प्रहरीले जनाएअनुसार सुसाइड नोटमा भनिएको छ– ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए। म कसैलाई दुःख दिन चाहन्न। श्रीमान् र छोराहरू खुसीसाथ बस्नू।’

प्रहरीका अनुसार मृतक महिला श्रीमान् ४१ वर्षीय ज्ञानेन्द्र भट्टराई र २ छोरासहित जोरपाटी नारायणटारमा डेरा लिएर वस्दै आएका थिए। उनीहरुको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा केएन्डए स्टेसनरी पसल छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट