कागेश्वरीमा पेट्रोल छर्केर आफनै शरीरमा आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटारमा डेरामा वस्दै आएकी ३८ वर्षीया कमला आचार्यले आत्मदाहको प्रयास गरेकी थिईन। उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।
बा ३५ प ५८१८ नम्बरको स्कुटर चढेर बागमती खोला किनार नजिकै रहेको खाली जग्गामा पुगेपछि आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। आगोल जलेर गम्भीर घाइते भएकी उनलाई बोल्नै नसक्ने अवस्थामा उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा आइतबार बिहान करिव ६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारका अनुसार घट्नाको कारण खुलेको छैन। प्रहरीले मृतकका परिवारको पारिवारिक पृष्ठभुमी र आत्महत्याको कारणका विषयमा अनुशन्धान गरिरहेको डीएसपी गोद्दारले वताए।