विराटनगर किंग्ससँग चितवन राइनोज ५१ रनले पराजित, बसिर अहमदको सर्वाधिक ६८ रन

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हराएको छ।

त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रन बनाएको थियो। विराटनगरका लागि बसिर अहमदले ४४ बलमा ४ छक्का र ४ चौकासहित सर्वाधिक ६८ रन बनाएर नट आउट रहे।

जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाई जम्मा १३० रन मात्रै बनाएको थियो। चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए। यसैगरी, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे।

यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले एक–एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट