समानुपातिक सांसद बनाउन ११ लाख लिएका सीके राउतले पर्याप्त घरखर्च नदिँदा श्रीमतीको बिल्लबाठ

काठमाडौँ– गोमा लाभ सापकोटालाई समानुपातिक सांसद बनाउन ११ लाख रुपैयाँ असुल गरेको आरोप लागेका जनमत पार्टीका अध्यक्ष एवम् सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सीके (चन्द्रकान्त) राउतले श्रीमती सोनी सिन्धु रानीलाई भने घरखर्च चलाउन समेत पर्याप्त पैसा नदिएर बिल्लबाठ पारेको खुलासा भएको छ।

१२ भदौ ०८१ मा श्रीमती सोनी सिन्धु रानीलाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका राउतले दैनिक जिवन यापनका लागि समेत आवश्यक्ता अनुसारको पैसा नदिँदा सोनीको विचल्ली भएको हो।

मुद्दा दायर भएपछि छुट्टै कोठा भाडा लिएर बसिरहेका राउतले घरखर्च र छोराछोरीको पालनपोषणका लागि भन्दै मासिक ३३ हजार रुपैयाँ श्रीमतीको बैंक खातामा पठाउने गरेका छन्। तर, उक्त रकमले बालबच्चा पाल्न र घरखर्च चलाउन समस्या भएको सोनीको गुनासो छ। माईतीबाट ल्याएको पैसा सकिएपछि चिनेजानेकासँग लिएको करिव ५० हजार रुपैयाँसमेत सकिएको उनले जानकारी दिईन।

अव घरपरिवार कसरी चलाउने भन्ने समस्या वढेको उनले बताईन। राउतले कोठा छोडेपनि उनी छोराछोरीसहित ललिता यादवको नाममा रहेको पुरानै घरमा बसिरहेकी छन्। राउतले आफ्नो तलब ६५ हजार रुपैयाँ मात्र रहेको भन्दै आधा तलब ३३ हजार रुपैयाँ उनलाई पठाउने गरेको जनाईएको छ।

घर कसरी चलिरहेको छ भन्ने विषयमा राउतले एक पटक पनि सोधखोज नगरेको सोनीले गुनासो गरिन। यता, राउतले जनमत पार्टीका कार्यकर्ता निहालसिंह राजपूतलाई आफ्नो जासुसी गर्न लगाएको आरोप पनि उनले लगाईन।

निहालसिंह बाहेक बा ९७ प ६७५३ नम्बरको मोटरसाइकलमा पनि आफनो जासुसी भईरहेको उनको भनाई छ। ‘पिछा गरेर ‘फोटो÷भिडियो खिचेर लगेका छन्। ती व्यक्तिलाई निहालसिंह राजपूतले नै परिचालन गरेको हुन सक्छ।’– उनले भनिन्। राजपूतसँग प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन।

यता, राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दालाई अदालतले मेलमिलापमा पठाउन आदेश दिएको छ। न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उक्त मुद्दामाथि सुनुवाइ गर्दै मेलमिलापमा पठाउने आदेश दिएको हो। सोनीले आफूले समबन्धविच्छेद नचाहेको भन्दै प्रत्युत्तर दिएकी थिइन्।

यसरी श्रीमतीलाई आवश्यक्ता अनुसारको खर्च समेत नदिएका राउतले एक जना ब्यक्तिलाई समानुपातिक सांसद बनाउन ११ लाख रुपैयाँ वुझेको विषय यतिवेला चर्चामा छ। जनआस्था डटकमले केही दिन अघि लेखेको समाचारमा गोमा लाभ सापकोटालाई सांसद बनाउन लाखौं रकम लिएको उल्लेख छ।

समाचार अनुसार गोमाले सांसद बन्नुअघि मेगा बैंकको जनकपुर शाखास्थित सुरेन्द्रनारायण यादवको खातामार्फत सिकेलाई ११ लाख रुपैयाँ दिएको विवरण सार्वजनिक भएको छ। यादवको खातामा गोमा आफैँले एक हजार दरको आठ लाख र पाँच सय दरको नोट तीन लाख जम्मा गरिदिएकी थिइन्। रकम जम्मा गरिएको भौचरमा उद्देश्यः व्यापार उल्लेख छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट