गृहनगरमै प्रधानमन्त्रीलाई कालो झण्डा, ७ जना पक्राउ

दमक– प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार गृह नगरमै कालो झन्डाको सामना गरेका छन्। उनलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

दमकमा निर्मित भ्युटावर लगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्रीलाई प्रदेश १ को पुनः नामांकन गर्नु पर्ने माग गरिरहेको संयुक्त संघर्ष समिति र रास्वपाका कार्यकर्ताले कालो झन्डा देखाएका हुन।

त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा, विवेक सुनुवार र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरालाई पक्राउ गरेको छ।

सुस्केरा २०७९ सालमा रास्वपाबाट चुनाव लडेका थिए। अहिले झापामा बाक्लो उपस्थितिमा प्रहरी परिचालन गरेको छ। दमकको गणतन्त्र चोक अस्तब्यस्त छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट