ट्युवेलको ह्याण्डिल र फरुवाले टाउकोमा हानेर ८३ वर्षीय महिलाको हत्या
दमक– झापामा शनिवार दिउँसै ८३ वर्षीया वृद्धाको हत्या भएको छ। झापा गाउँपालिका–६, पुष्पाञ्जली टोलकी फुलमाया मुर्मुको हत्या भएको हो।
मृतक महिलाको टाउको र चिउँडोमा चोट छ। भारी वस्तुले टोउकोमा आक्रमण गरी महिलाको हत्या गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र २४ वर्षीय अशोक यादवलाई हत्या आशंकामा अनुशन्धानका लागि पक्राउ गरिएको हो।
वृद्धा मृत अवस्थामा फेला परेको विषयमा स्थानीयले प्रहरीलाई खवर गरेका थिए। प्रहरीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट केनाइनसहितको टोलीको सहयोगमा अनुसन्धान सुरु गरेको थियो।
सोही क्रममा हत्याका आरोपित पत्ता लागेको डीएसपी चन्दले बताए। उनीहरुको ट्युवेलको ह्यान्डिल र फरुवा (कोदोलो) ले हानेर वृद्धाको हत्या गरेको खुलेको छ। झापा गाउँपालिका ७ मदरगाछबाट पक्राउ परेका दुई जनाको साथबाट लुटिएको मोबाइल र साइकल बरामद भएको छ।