ग्याँस बुलेट त्रिशुलीमा खस्यो, चालक वेपत्ता

चितवन– पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ स्थित कृष्णभीरबाट आज बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ।

श्रीराम ग्यास लिएर काठमाडौँ जाँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट त्रिशूली नदीमा खसेको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ग्यास बुलेटका चालक बेपत्ता भएका छन्। चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी डीएसपी भेषराज रिजालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट