हरिनगरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, बजार तनावग्रस्त
इनरुवा– सुनसरीको हरिनगर–४, हरिनगरा बजारमा टिपरको ठक्करबाट शनिवार एक जनाको मृत्यु भएको छ।
को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका–७ का ४५ वर्षीय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो।
ठक्करबाट घाईते उराँवलाई टिप्पर घुमाएर किचेर मारेको आरोप स्थानीयले जनाएका छन्। दुर्घटनापछि हरिनगरा बजार तनावग्रस्त छ। ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि भिड नियन्त्रण भएको छैन।
प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन २ राउण्ड अश्रुग्याँस प्रहर गरेको छ। टिप्पर चालक इलाका प्रहरी कार्यालय हरिनगराको नियन्त्रणमा छन्।
प्रतिक्रिया