‘ओली विरुद्धको सवा करोडको प्रमाण’ दुर्गा प्रसाईँलाई गलपासो, प्रहरीले सम्पत्ति शुद्धीकरणमा तान्यो

काठमाडौँ– साइबर क्राईमको मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नै छुद्र बोलीका कारण थप समस्यामा परेका छन्। उनी विरुद्ध प्रहरीले साईवर क्राईम वाहेक ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा पनि अनुशन्धान थालेको छ।

प्रहरीलाई सम्पत्ति सुद्धिकरणमा अनुशन्धान गर्ने मौका उपलब्ध गराई दिने पात्र उनी स्वयम हुन। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कम्बोडियाको दुरसञ्चार क्षेत्रमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी गरेको’ प्रमाण जुटाउन आफुले सवा करोड खर्च गरेको भन्दै रवाफ देखाएपछि उनी यी मुद्दामा तानिएका हुन।

उनले कम्बोडिया स्थित स्मार्ट एजियाटा कम्पनीमा ओली लगानी गरेको प्रमाण भन्दै गत ३ मंसिरमा फेसबुकमार्फत एउटा भीडीओ सार्वजनिक गरेका थियो। सो भीडीओमाथि प्रहरी अनुसन्धान जारी छ। प्रसाईं यतिखेर अनुसन्धानको क्रममा न्यायिक हिरासतमै छन्।

खासमा प्रहरीले सम्पत्ति सुद्धिकरणमा सिधा अनुशन्धान गर्न पाउँदैन। तर, सम्बद्ध कसुर (प्रेडिकेबल अफेन्स) अन्तर्गत अन्य घटनाक्रमसँग जोडेर प्रहरीले यो विषयलाई आफनो अधिकार क्षेत्रमा तानेको छ। एक जना अनुशन्धान अधिकृत भन्छन्–‘विगतमा सम्पत्ति सुद्धिकरण सम्वन्धि केसहरू आउँदा प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई नै पत्राचार गथ्र्याे। तर, प्रसाईँको प्रकरण हामीसँग सिधै आएको होइन। एउटा कसुरमा अनुशन्धान गर्दै जाँदा जोडिएर आएको हो। त्यो कसुरमा पनि अनुशन्धान गर्नु पर्ने देखिएकाले प्रहरीको अधिकार क्षेत्रमा परेको हो।’

दुर्गा प्रसाईँको प्रकरणमा ठगी, किर्ते र संगठित अपराधको अनुशन्धान गर्दै गर्दा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि जोडिएर आएको जनाईएको छ। प्रसाईंले विदेशमा भाडाका मान्छे खटाएर त्यहाँबाट फोनमार्फत व्यवसायीहरूलाई थर्काउने, धम्काउने र पैसा असुल्ने धन्दा चलाएको पुष्टि भैसकेको छ।

भारतमा कुख्यात अपराधीको रूपमा स्थापित लरेन्स बिस्नोई ग्रुपको मान्छे हुँ भन्दै धम्क्याएबापत पक्राउ गरेर ल्याइएका झापा मेचिनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयलले नै प्रसाईंले ५ लाख रूपैयाँ खर्च दिएर फोन गर्न लगाएको बयान दिएका छन्। दुई जनाबीच पैसाको लेनदेन भएको खुलासासँगै सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको सरकारी अधिकारीहरु बताउँछन्।

चन्दा असुली गरेको आरोप पुष्टि गर्ने प्रमाणहरू फेला पर्दै गएपछि कम्बोडिया प्रकरणमा आफैले बोलेको ‘सवा करोड खर्चेर ओलीविरोधी प्रमाण जुटाएको’ भन्ने भनाई अहिले प्रसाईँका लागि गलपासो बनेको उनीहरुको भनाई छ।

प्रहरीसँगको वयानका क्रममा भने प्रसाईँले आफुले बोलेका सवै कुरा निराधार भएको वताएका छन्। प्रमाण जुटाउन सवा करोड खर्च भएको कुरा पनि आफुले गलत बोलेको उनको भनाई छ। ह्वाट्सएपमा आएको चिर्कटोलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाएको बताएका उनले त्यसका लागि कसैलाई पैसा नदिएको दावी पनि गरेका छन्।

आफुले देखाएको प्रमाण नै फेक भएको उनको भनाई छ। ‘मलाई कसैले ह्वाट्स एपमा उक्त डकुमेन्ट पठाएको हो। कसले पठाएको हो भन्ने पनि थाहा छैन। ह्वाट्स एपमा आएपछि मैले सार्वजनिक गरेको हुँ। यो डकुमेन्ट फेक हो’– बयानमा उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट