शौचालयमा लडेर ५ वर्षीया बालिकाको मृत्यु
हेटौंडा– मकवानपुरमा शौचालयमा लडेर शुक्रबार राती ५ वर्षीया बालिकाको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका–५, सिँचाइटोलमा महोत्तरीको एकडाँडा गाउँपालिका–३ अजमरपटीकी सिरिशाकुमारी मण्डलको मृत्यु भएको हो।
बुवासँगै डेरामा बस्दै आएकी बालिका शुक्रबार बेलुका साढे ९ बजे शौचालयमा लडेकी थिईन। टाउकोमा गम्भिर चोट लागेकी उनलाई राति नै हेटौडा अस्पताल पु¥याइएको थियो।
अस्पताल पु¥याउनासाथ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए। शव पोष्टमार्टमका लागि हेटौंटा अस्पतालमै राखिएको छ।
प्रतिक्रिया