सामाजिक सञ्जालमा महिलाका गोप्य फोटो पठाएर दुःख दिने रौतहट र चितवनका १/१ ब्यक्ति पक्राउ

काठमाडौँ– सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले रौतहट र चितवनबाट एक/एक जनालाई पक्राउ गरेको छ।

चितवनको भरतपुर उपमहानगरपालिका–१२ का ३७ वर्षीय रुपक शर्मा पौडेल र रौतहटको चन्द्रपुर नगरपालिका जुडीवेलाका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी (बिहानीबहादुर अधिकारी) लाई प्रहरीले पक्राउ गरेको हो।

चन्द्रपुरका अधिकारीले फेसवुकमा साथी बननेर म्यासेन्जर मार्फत गोप्य फोटो/भीडीओ लिएर आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख दिएको पीडितको निवेदनका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

घट्नाका विषयमा प्राविधिक विश्लेषण र अनुसन्धानपछि उनलाई पक्राउ गरिएको साईबर ब्युरोका उपनिर्देशक एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिएका छन्।

यसैगरी, सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्सएप ग्रुपमा सेयर गरी दुःख दिएको निवेदनका आधारमा रुपक पक्राउ परेका हुन।

उनीहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरि ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट