एनपीएलमा आन्द्रेसको पहिलो सतकसँगै पोखरा एभेन्जर्सको सानदार जित

काठमाडौँ– पोखरा एभेन्जर्सका ब्याट्सम्यान आन्द्रेस गौसले एनपीएलमा पहिलो शतक हानेका छन्। उनले लुम्बिनी लायन्स विरुद्धको खेलमा प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन।

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे। उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मद्धतमा शतक बनाएका हुन्।

उनले दिनेश खरेलसँग कीर्तिमानी साझेदारी गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ। खेलमा लुम्बिनी लायन्स १० विकेटले पराजित भयो।

पोखराले १ सय ७१ रनको लक्ष्य १६.५ ओभरमा १ सय ७६ रन बनाउँदै पूरा ग¥यो। गौससँग साझेदारी गरेका दिनेशले ४६ बलमा अविजित ६१ रन बनाए। उनले स्कोर बराबरी भएको समयमा सूर्य तामाङको बलमा छक्का प्रहार गरेका थिए। दिनेशले समान ४ चौका र छक्का प्रहार गरे।

पहिलो दुई खेल हारेको पोखराले शुक्रबार पहिलो जित निकालेको छ भने लुम्बिनी लगातार दोस्रो खेलमा पराजित भएको छ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७० रन बनाएको थियो। कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन बनाए। इनिङ्सको अन्तिम बलमा विवेक यादवले २ रन पूरा गरिसकेपछि तेस्रो रन लिन दौडिँदा रोहित रन आउट भए।

रोहितले १० चौका र ४ छक्का प्रहार गरे भने टर्म मुर्ससँगको साझेदारीमा १ सय १० रन बनाए। १९औं ओभरको अन्तिम बलमा रनआउट भएका मुर्सले ३८ बल खेली समान २ चौका र छक्का प्रहार गरे।

आशुतोष घिरोहिया र उनमुक्त चन्द दुवै शून्यमा आउट भए। सन्दीप जोराले १८ रन बनाए। विपिनले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने म्याट क्रिच्लेले १ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट