पानीमा कालोबजारी गर्ने इटहरीको एलाईट सिनेमा हललाई ३ लाख जरिवाना

इटहरी– महंगोमा पानी वेच्ने इटहरीको एउटा सिनेमा हल कारवाहीमा परेको छ। एमआरपी भन्दा वढि मुल्यामा पानीका बोतल वेचेको भेटिएपछि बाणिज्य कार्यालयले सिनेमा हललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

इटहरी उपमहानगरपालिका कार्यालयले दिएको जानकारी अनुसार इटहरी–४ मा सञ्चालनमा रहेको एलाईट सिनेमाले पानीमा वढि मुल्य लिएर उपभोक्ता ठगी गरेको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा बाणिज्य कार्यलय बिराटनगर र इटहरी उपमहानगरपालिकाको बजार अनुगमन टोली त्यहाँ पुगेको थियो।

अनुगमनका क्रममा सिनेमा हलमा कैफियत (कालोवजारी) गरेको भेटिएपछि बाणिज्य कार्यालयले ३ लाख रुपैयाँ जरिवाना गरेको उपमहानगरपालिकाले जानकारी दिएको छ।


प्रतिक्रिया

One thought on “पानीमा कालोबजारी गर्ने इटहरीको एलाईट सिनेमा हललाई ३ लाख जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट