६ वर्ष अस्ट्रेलिया बसेर घर फर्किएका २७ वर्षीय युवक ३ दिनभित्रै श्रीमती बलात्कार आरोपमा पक्राउ

काठमाडौँ– ६ वर्ष अस्ट्रेलिया बसेर बल्लतल्ल घर फर्किएका ललितपुरका एक दम्पत्तिबीच असमझदारी हुँदा २७ वर्षीय युवक श्रीमती बलात्कारको आरोपमा पक्राउ परेको घट्ना सार्वजनिक भएको छ।

ललितपुरको सुनाकोठीका ती युवक विरुद्ध ललितपुर जिल्ला अदालतमा वैवाहिक बलात्कार मुद्दा दायर भएको छ। प्रहरीका अनुसार अस्ट्रेलियामा रहेका श्रीमान श्रीमती दुवैजना गत दशैंमा स्वदेश फर्किएका थिए। आउनासाथ बलात्कारको घट्ना सामने आएपछि फर्किएको तीन दिनमै युवक पक्राउ परेका हुन।

घट्ना विवरण पनि चाख लाग्दो छ। उनीहरुबीच ०७५ मा पारिवारिक सहमतिमै बिवाह भएको थियो। विवाहपछि श्रीमती अस्ट्रेलिया गईन। उनले नै डिपेन्डेन्ट भिसामा श्रीमानलाई पनि अस्ट्रेलिया लगिन। ६ वर्ष उतै वसे। काठमाडौँ उत्रिएपछि पतिसँग घर नगई श्रीमती माईततिर लागिन। श्रीमान आफनो घर गए।

भोलिपल्ट पत्नी घर पुगिन्। त्यही वेला श्रीमानले आफुमाथि सहमति वेगर बलात्कार गरेको युवतीको आरोप छ। त्यसै बेला युवक पक्राउ परे। पतिले भने योजनावद्ध रुपमा श्रीमतीले आफुलाई फसाइएको गुनासो गरेका छन्।

आफुहरुवीच अस्ट्रेलिया हुँदै मन मुटाव सुरु भएको र सम्वन्ध विच्छेदकै लागि स्वदेश फर्किएको वताएका उनले आफुमाथि अन्य केटीसँग लागेको भन्दै सुरुदेखि नै मानसिक तनाव दिने गरेको गुनासो गरे। ‘बिचार नमिलेकै कारण हामी सम्बन्ध बिच्छेद गर्न स्वदेश आएको हौं। यस्तो सोचेको पनि थिएन।’ उनले भनेका छन्।

घरमा आएर ‘गुलाबी रङको कट्टु उपहार ल्याईदिएको छु’ भन्दै लगाउन कर गरेपछि लगाउन खोज्दा चच्याएर मान्छे जम्मा गरेको र प्रहरी बोलाएर पक्राउ गराएको उनले प्रहरी समक्ष बयान दिएका छन्। बैवाहिक बलात्कारको मुद्दा अहिले अदालतमा विचाराधिन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट