रवि लामिछानेका नेता/कार्यकर्ताको तमासाः सत्य आखिर मुखमा आईहाल्यो (भीडीओसहित)

काठमाडौँ–सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अनौठा–अनौठा क्रियाकलाप भईरहेका छन्।

कहिले कार्यवाहक सभापतिका लागि दुई उपसभापतिको टकरावका कुरा वाहिर आईरहेका छन् भने कहिले रविको रिहाईका लागि आन्दोलन गर्न गएकाहरु नै ‘रवि दाईलाई कारवाही गर’ भन्दै मच्ची–मच्ची कराई रहेका छन्।

अहिले यही भीडीओ सामाजिक सञ्चालमा भाईरल भईरहेको छ। १३ मंसिरमा काठमाडौँ ल्याईएको लामिछानेको १४ मंसिरमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बयान शुरु भएको थियो। केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा पार्टीका नेता–कार्यकर्ता र समर्थकहरु माइतीघर मण्डलामा प्रदर्शन गर्न थाले।

‘राजनीतिक प्रतिशोध बन्द गर’, लेखिएको ब्यानर र हात हातमा प्लेकार्ड बोकेर नाराबाजी गरिरहेकामध्ये एक आन्दोलनकारीले एक्कासी ‘रवि दाइलाई कारबाही गर’ भन्दै नारा लगाए। त्यसो भनेपछि संग्रौलाले हत्तपत्त ‘रवि दाइलाई रिहा गर’ भनिन्।

यो प्रकरणपछि धेरैले रास्वपाका नेता कार्यकर्तालाई ट्रोल बनाईरहेका छन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने सत्य कुरा मुखबाट फुत्किएको प्रतिक्रिया दिएका छन्।

यतिमात्रै होईन, उनीहरुले लगाएका नारा पनि नारा जस्ता थिएनन्।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट