काठमाडौँमै बुबाबाट ११ वर्षीया बालिका बलात्कृत, बालिका र उनका २ भाईको महानगरले गर्यो उद्धार
काठमाडौँ– सौतेनी बाबुले बलात्कर गरेको सूचना पाएपछि काठमाडौँ महानगरपालिकाले ११ वर्षीया एक बालिका र उनका २ जना भाईको उद्धार गरेको छ। बुबाबाटै असुरक्षित भएपछि उनीहरुको उद्धार गरिएको हो।
महानगरको बाल उद्धार कार्यदलले कक्षा ६ मा अध्ययनरत बालिका तथा उनका ९ र ७ वर्षका भाइहरूको उद्धार गरेको हो। सौतेनी बुवाले गर्ने ब्यवहारका विषयमा जानकारी पाएपछि उद्धार गरिएको महानगरले जनाएको छ
बालिका अध्ययन गर्ने विद्यालय काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका तीन बालिकाका सौतेनी बाबुलाई समेत प्रहरी वृत्त, वौद्धले पक्राउ गरी हिरासतमा राखेको छ।
उद्धार गरिएका तीनै जना बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ।
प्रतिक्रिया