छात्राको गोप्य अंग छाम्दै हिड्ने धरानका ‘बोका शिक्षक’लाई अभिभावकको रामधुलाई, प्रहरीको चिसो हावा

इटहरी– सुनसरीको धरान स्थित एउटा निजी विद्यालयका शिक्षक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

धरान–१७ स्थित माउण्ट मोरिया स्कुलका शिक्षक असित ठकुरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। शिक्षक ठकुरी विरुद्ध अभिभावले उजुरी दिएपछि सोही उजुरीका आधारमा पक्राउ गरिएको धरान प्रहरीका डीएसपी प्रकाश लिम्बुले जानकारी दिए।

ठकुरीलाई प्रहरीले पक्राउ गर्नुअघि अभिभावक र विद्यार्थीले कुटपिट गरेका थिए। शिक्षक ठकुरीले हालसम्म कक्षा ७ देखी १० सम्मका ७ जना छात्राहरूलाई यौन दुर्व्यवहार गरेको पाईएको छ। उनले ढाड सुमसुम्याउने, स्तन छाम्ने र आफनो गोप्य अङ्ग देखाउने गरेको छात्राहरुले बताएका छन्।

ठकुरीले सामाजिक सञ्जालमा पनि छात्राहरुलाई हैरान पारेको खुलेको छ। उनले ह्वाट्सएप तथा फेसवुक म्यासेन्टरमा नग्न फोटो र अश्लील भिडियो पठाउने, छात्राहरूको फोटोमा ‘सेक्सी, कस्तो राम्रो फिगर’ जस्ता कमेन्ट गर्ने गरेको पीडितहरुले गुनासो गरेका छन्।

यस विषयमा अन्य शिक्षकहरुलाई गुनासो गर्दा समेत कुनै सुनुवाई र कारबाही नभएको पीडित छात्राहरुले गुनासो गरेका छन्। उनीहरुका अनुसार विद्यालयमा धेरै जति शिक्षक र कर्मचारी प्रिन्सिपल प्रताप तामाङका आफन्त छन्। त्यसैले कसैले गल्ति गरेपनि त्यसको समाधान खोज्नु भन्दा ढाकछोप वढि हुने गरेको उनीहरुको भनाई छ।

पछिल्लो पटक पनि गत शुक्रवार नै छात्राहरुले कार्यालयमा गएर ठकुरीविरुद्ध गुनासो गरेका थिए। सोमबारसम्म सुनुवाई नभएपछि केही अभिभावक भेला भएर उनलाई सम्झाएका थिए। ठकुरीले उल्टै ‘शिक्षकमाथि कुटपिट भएको भन्दै’ प्रहरीमा रिपोर्ट गरेपछि घट्नाले फरक मोड लिएको एक अभिभावकले बताए। विद्यार्थीको मोवाईलमा पठाएको म्यासेज हेर्दा ठकुरीलाई बोका भन्दा पनि बोकाको बेईजत हुने उनको भनाई छ।

प्रिन्सिपल तामाङले भने विद्यार्थीको गुनासो आउने वित्तिकै ठकुरीलाई छलफलका लागि पटक–पटक कार्यालयमा बोलाउँदा पनि नआएको वताएका छन्। ‘शुक्रबारै बोलाएको थिए, वहाँ भ्याउँदिन भन्नु भयो। शनिवार विदा भएकाले आइतबार पनि बोलाँए। तर वहाँ आउनु भएन’ उनले भने–‘विद्यार्थीहरूले पनि खुलेर जानकारी नआउँदा यस्तो घट्ना भयो।’

सोमबार शिक्षक ठकुरीलाई बोलाएर छलफल गर्दा अभिभावक र शिक्षकबीच भनाभन भएको उनको भनाई छ। त्यसै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेर लगेको बताउँदै भने–‘गलत गर्नेलाई कारबाही हुर्नु पर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट