बोल्न नसक्ने र कान नसुन्ने फर्जी कागज देखाएर चन्दा उठाउँदै गरेका बाराका २ युवक खोटाङमा पक्राउ

राजविराज— बोल्न नसक्ने र कान नसुन्ने फर्जी कागज देखाएर चन्दा उठाउँदै गरेका बाराका दुई युवक खोटाङमा पक्राउ परेका छन्।

बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का १९ वर्षीय अजयराम चमार र १९ वर्षीय जितेन्द्रराम चमारलाई प्रहरीले खोटाङको ऐंसेलुखर्क गाउँपालिकाबाट पक्राउ गरेको हो।

गोरखाको शहीद लखन गाउँपालिकाको लेटरप्याडमा ‘बोल्न नसक्ने र कान नसुन्ने भन्दै आर्थिक सहयोग गरी दिने’ विषयको पत्र बोकेर चन्दा मागिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर मोहन पोखरेलले बताए।

उक्त पत्रमा दुवैको ठेगाना शहीद लखन गाउँपालिका–११ तथा नाम सन्तोषकुमार शर्मा र दीपेन्द्रकुमार शर्मा उल्लेख गरिएको छ। पक्राउपछि सोधपुछ गर्दा वास्तविक नाम, थर, ठेगाना पत्ता लागेको पोखरेलले बताए।

उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद १७ हजार ७६० रुपैयाँ बरामद भएको छ। दुवैलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई चन्दा ऐन अन्तर्गतको कसुरमा अनुशन्धान गर्न तीन दिनको म्याद लिईएको पोखरेलले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट