कांग्रेस सभापति देउवाको घर अगाडि बम राख्ने एक ब्यक्ति पक्राउ

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर अगाडि बम राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढीस्थित घरमा वम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामी शुक्रबार पक्राउ परेका हुन।

कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकै रहेको देउवाको घर अगाडि गत भदौमा अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो। उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

प्रहरीका अनुशार अनुशन्धानका क्रममा वम राख्ने मध्ये धामी पनि भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले बम राख्न लगाएको उनले वयान दिएका छन्।

यो प्रकरणमा प्रहरीले यसअघि नै नेकपा बहुमतका चार जनालाई पक्राउ गरेर अनुन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट