मोरङमा साईकलबाट लडेर २५ वर्षीय युवकको मृत्यु
विराटनगर– मोरङको बुडीगंगामा मंगलबार राती साईकलबाट लडेर एक युवकको मृत्यु भएको छ।
बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर लडेर स्थानीय २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको हो।
पोटियाबाट हात्तीमुडातर्फ जाँदै गरेका सरदार राति करिव ९ बजे साइकलबाट लडेर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया