सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएका प्रहरी इन्स्पेक्टर १ वर्षदेखि निर्वाध काममा

काठमाडौँ– सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको १ वर्षसम्म पनि एक जना प्रहरी इन्स्पेक्टर कार्यरतै रहेको खुलेको छ। यस्को खुलासा भएपछि प्रहरी वृत्त स्वयम्भुमा कार्यरत इन्स्पेक्टर धर्मेन्द्र अकौलिया ४ मंसिरमा पक्राउ परेका छन्।

५ मंसिरमा भएको थुनछेक बहसपछि उनी १ लाख रुपैयाँ धरौटी बुझाए छुटिसकेका छन्। फौजदारी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी हुना साथ सरकारी कर्मचारी स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ भएपछि अकौलिया भने एक वर्षदेखि कार्यरतै रहेको विषय अहिले चर्चामा छ।

कानुन कार्यान्वयन गराउने प्रहरीले आफ्नै मातहतमा रहेको इन्स्पेक्टरलाई पक्राउ गर्नुको साटो नियमित काममा लगाएको खुलेपछि आलोचना पनि भईरहेको छ।

स्रोतका अनुसार नृपेश श्रेष्ठले मारुती सहकारी संस्थाका सञ्चालक (अध्यक्ष) वसन्त भेटवाल र सहकारीका सदस्य अकौलिया विरुद्ध अपराधिक विश्वासघात कसुरमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा भेटवाल र अकौलियालाई पक्राउ गर्न २६ भदौ ०८० मा जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।

तर, त्यस वेला उनी पक्राउ परेनन्। उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएका अकौलियालाई १ वर्षपछि ४ मंसिरमा अदालत पेस गराइएको हो। अकौलिया हाल निलम्बनमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट