सिरहामा १० वर्षीया बालिका बलात्कार गरी भागेर उदयपुर पुगेका ७२ वर्षीय रुद्र पक्राउ
लहान– सिरहामा १० वर्षीया बालिकालाई बलात्कार गरी भागेर उदयपुर पुगेका ७२ वर्षका एक ब्यक्ति पक्राउ परेका छन्।
बलात्कार आरोपमा धनगढीमाई नगरपालिका– १३, असारी बजारका रुद्रबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। ३ मंसिरमा भएको उक्त घटना सार्वजनिक भएलगत्तै खत्री फरार भएका थिए।
उदयपुरको त्रियुगा नगरपालिका– ४, बगहास्थित आफन्तको घरमा लुकेर वसेको जानकारीपछि त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
लहान प्रहरीका डीएसपी विष्णुप्रसाद सोतीका अनुसार खत्री शनिबार राति पक्राउ परेका हुन। उनीलाई सिराहा जिल्ला अदालतमा उपस्थित गराई जबर्जस्ती करणी मुद्दामा अनुशन्धान गर्न ७ दिनको म्याद लिईएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया