खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

जनकपुर — सर्लाहीमा खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

बलरा नगरपालिका–९–अचलगढमा मंगलबार विहान खेत जोतिरहेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक ४० वर्षीय रुसतम साहको चेपिएर मृत्यु भएको हो। उनी आफनै खेत जोतिरहेका थिए।

ट्याक्टरमा चेपिएका साहलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ पु¥याएका थिए। अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट