सौराहा पुर्‍याएर किशोरीलाई बलात्कार गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ– चितवनमा बलात्कार आरोप लागेपछि एक सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

सौराहाको होटलमा पुर्याएर एक किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि बालाजी सहकारी संस्थाका अध्यक्ष दिनेश राठी पक्राउ परेका हुन्।

सौराहाका एक होटलमा बलात्कार गरेको जाहेरी परेपछि राठीलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवनका एसपी गौतम मिश्रका अनुसार राठीविरुद्ध बलात्कारको कसुरमा अनुशन्धानका लागि ५ दिनको म्याद लिईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट