सीके राउत फेरी पनि जिल्लः गोमालाई सांसदबाट हटाउने चौथो प्रयास पनि सभामुखद्वारा अस्विकार
काठमाडौँ — चार पटक प्रयास गर्दा पनि जनमत पार्टीका अध्यक्ष सीके राउत गोमा लाभ सापकोटाको सांसद पद खोस्न असफल भएका छन्। सभामुख देवराज घिमिरेले सापकोटालाई पदबाट हटाउन नमिल्ने निर्णय गरेपछि राउत फेरी जिल्लिएका हुन।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरेले जनमतले गरेको पत्राचार अध्ययन गर्दा सापकोटाले पद जाने गरी कुनै पनि काम गरेको नदेखिएकाले सांसद पदबाट हटाउने सूचना जारी गर्न नमिल्ने निर्णय गरेका छन्। यो निर्णय शुक्रबार भएको हो।
‘सापकोटामाथि अनुशासनको कारबाहीको प्रकृति हेर्दा सांसदबाट निकाल्नुपर्ने प्रकृतिको नभएको निर्णय भएको छ।’ गिरीले भने,–‘राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ र ३२ लगायतका आधारमा जनमतको पत्रमाथि निर्णय गर्नुभएको हो। उहाँको सांसद पद जाँदैन भन्ने निर्णय भएको छ।’
सांसद लाभलाई पदबाट हटाउन माग गर्दै जनमतले चौथो पटक सभामुखलाई पत्र लेखेको थियो। पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ मा सभामुखलाई पत्र पठाएको जनमतले अन्तिम पटक २७ कात्तिकमा अर्को पत्र संसद सचिवालयमा दर्ता गराएको छ। अध्यक्ष राउतले भेटेरै पनि लाभलाई पदबाट हटाउन सभामुखलाई दबाब दिएका थिए।
जनमतले सापकोटामाथि पार्टी फुटाउन लागेको, ठेकेदारसँग पैसा मागेको र पार्टी विरुद्ध गतिविधि गरेको लगायतका आरोप लगाएको छ। सापकोटाले राउतलाई आफुमाथि लगाईएको आरोप पुष्टि गर्न चुनौती दिएकी थिईन।
सभामुखको निर्णयपछि जनमत पार्टीले उनको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएको छ। जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले सभामुख घिमिरेमाथि दलको सर्वोच्चतालाई स्वीकार गर्न नसकेको आरोप लगाएका छन्।
यो पनि,