महोत्तरी सीडीओका नासु २० हजार घुस लिँदालिँदै पक्राउ

जनकपुर– सीडीओ कार्यालय महोत्तरीबाट एक जना नायव सुब्बा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले पक्राउ पर्नेमा मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादवलाई पक्राउ गरेको हो। उनी सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन।

सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा किरिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ। सवारी धनीले जम्मा गरेको किरियया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित आयोगमा निवेदन परेको थियो।

निवेदनपछि शुक्रबार खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट