कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ– काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ। गएराति पौने ११ बजे भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन गरिएको छ। काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेका छन्। सामाजिक सन्जालमा भुकम्प भएको लेखेको देखिन्छ। तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन।
प्रतिक्रिया