धामी भएकै कारण कर्णको हत्या, भाई नाता पर्ने भुवन पक्राउ
काठमाडौँ– दैलेखको दुल्लु नगरपालिका–१३ का कर्णबहादुर कामी (५६) को बुधबार साँझ उनकै भाईले हत्या गरेका छन्।
कर्णको हत्या आरोपमा भाई नाता पर्ने भुवनसिंह विक (४३) लाई प्रहरीले पक्राउ गरेको छ। भुवनले घरमै गएर हँसिया प्रहार गरी कर्णको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लालबहादुर सुनारका अनुसार भुवन विरामी हुन। मृतक कर्ण भने धामीको काम गर्दै आएको खुलेको छ। कर्णले टुनामुना गरेर आफुलाई विरामी बनाएको भन्दै भुवनले कर्णबहादुरलाई हँसियाले हानेको इन्स्पेक्टर सुनारले बताए।
प्रतिक्रिया